२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आंशिक बदली एवं हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव पाँच र न्यूनतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहने छ । रासस