३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँग निर्णायक खेल खेल्दै नेपाल ‘ए’



अ+ अ-

काठमाडौँ । एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले आज क्यानडा ११ को सामना गर्दैछ । यी दुई टिमबीचको निर्णायक खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् ।

श्रृंखलाको पहिलो खेलमा क्यानडा इलाभेन तथा दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको थियो । बिहीबार खेल जित्ने टिम सिरिज आफ्नो पक्षमा पार्नेछ । नेपाल ‘ए’ ले क्रिकेट इतिहासमै पहिलो सिरिज खेलिरहेको हो । डेब्यू सिरिज नै आफ्नो पक्षमा पार्दै इतिहास रच्ने लक्ष्यका साथ र्मदान उत्रनेछ ।

पहिलो खेलमा ४ विकेटको हार बेहोरे पनि नेपालले क्यानडालाई अन्तिमसम्म कडा टक्कर दिएको थियो । दोस्रो खेलमा नेपाल ‘ए’ ले थप उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेटको रोमाञ्चक जित निकाल्यो ।