९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए काँग्रेस महासमिति सदस्यहरु, भुईंमान्छेका आवाज सुन्नुपर्ने माग

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए काँग्रेस महासमिति सदस्यहरु, भुईंमान्छेका आवाज सुन्नुपर्ने माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् । महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रश्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका हुन् । महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा बिरोधीहरु एकै ठाउँमा उभिएमा काँग्रेसले बिरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालिन अवस्थामा भर पर्ने बताउनु भयो । उहाँले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ । एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो । तर लड्नुपर्दाखेरी काँग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनिहरुलाई फुटाउनका लागि काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ । अहिलेदेखि नै गठबन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन । र भोलि गठबन्धन गर्नुपर्ने आवश्यकता, बिरोधीहरु एक ठाउँमा उभिएर कमजोर पार्न खोजेभने त्यो बेलामा नयाँ रणनीतिका साथ अगाडी बढ्ने कुरा हो । कहिले कहिलेको चुनाव छ अहिले गठबन्धन गर्ने नगर्ने भनेर निर्णय गरेर हिँड्ने होइन ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गर्नुभएको बताउनु भयो । उहाँले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन । बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ । त्यो सँगसँगै आर्थिक नीतिहरु राम्रो भएन । नेपालको अर्थतन्त्र कन्तुरमा थन्क्याएर जनता भोकै मर्ने अर्थतन्त्र चाहिएको छैन । जनताको बीचमा पुग्नुप¥यो । अर्थतन्त्र चलायमान हुनुप¥यो । यो नीति काँग्रेसले लिनुप¥यो । युवालाई रोजगारी दिने, नेपालमा लगानीको वातावरण कसरी सिर्जना गर्ने यो विषयमा विस्तृत रुपमा छलफल भइरहेको छ । सरकारको काम कारबाहीमा सन्तुष्ट छैनन् । मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भए भन्ने आयो । सरकारले नयाँ काम गरेको अनुभुति हुनुप¥यो भन्ने छ ।’

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताउनु भयो । उहाँले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताउनु भयो । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समुहमा विभाजन गरि महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

उहाँले भन्नुभयो – ‘आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको ठुलो संख्यामा मत राखेका छन् । पार्टी विधानतः चलेको छैन भन्ने कुरालाई त्यत्तिकै प्राथमिकताका साथ राख्नुभएको छ । केन्द्रिय तहका नेताहरु पनि वडामै गएर निर्वाचन लडेर फेरि केन्द्रिय सदस्य लड्ने पूर्वाधार तयार गर्नुपर्छ भनिएको छ । स्वच्छ छलफल भएको छ ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताउनु भयो । उहाँले जनतालाई आशाको सन्देश दिनुपर्ने बताउनु भयो । उहाँले सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने बताउनु भयो । हउाँले

उहाँले भन्नुभयो, ‘महासमिति आफैँमा गर्वको विषय हो । महासमितिले नेपाली काँग्रेसलाई उत्साह जनाउन सक्नुपर्छ । निराशाको सन्देश दिनु हुँदैन । भुई मान्छेका कुराहरु सुनिनुपर्छ । सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्छ । कार्यपत्रहरु प्रश्तुत भएका छन् ।’

उहाँले महासमितिको बैठक आफैँमा गर्वको विषय भएको भन्दै महासमितिले काँग्रेस र जनतामा उत्साह जगाउन सक्नुपर्ने बताउनु भयो ।