२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल र सिटी विजयी



अ+ अ-

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा भएको खेलमा म्यानचेस्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा रियल म्याड्रिडले एटलान्टालाई १–० ले विजयी रह्यो ।

दुवै टिम घरबाहिर विजयी रहेका हुन् र यससँगै उनीहरूको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । सिटीले प्राप्त गरेको बलियो अग्रतामा बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक-एक गोल गरे ।

क्लबको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १९ औं जित हो । रियलले दस खेलाडीमा सीमित एटलान्टालाई हराउन फेरल्यान्ड मेन्डीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर देखिएको खेलमा मेन्डीले ८६ औं मिनेटमा उत्कृष्ट गोल गरे ।