२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको हो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदामा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ । एमसीसीलाई पारित गर्न सदनमा दर्ता गरिएको भए पनि अहिलेसम्म टेबुल भएको छैन ।

यही माघ २६ गते बस्ने सदनको बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएको छ । हिजो आइतबार सदन बस्ने निर्धारण गरिएको भए पनि एमसीसीमा सहमति जुटाउन सदनको बैठकलाई पर सारिएको बताइएको छ । यद्यपि कोरोना सङ्क्रमणका कारण सदनको बैठक स्थगित गरिएको बताइएको थियो । अहिले गठबन्धन दलकै नेताहरुले एमसीसीबारे भिन्न भिन्न धारणा सार्वजनिक गर्दै आएका छन् ।