२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ



अ+ अ-

वीरगन्ज । हिंसा भड्कनसक्ने भन्दै वीरगन्ज महानगरपालिकामा सोमबारदेखिको कर्फ्यु आज पनि जारी छ ।

सोमबार दिउँसो वीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेदेखि कर्फ्यु लगाएको थियो ।

सर्वसाधारणको सुविधाका लागि आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खोलिएपनि कर्फ्यु पुन: जारी भएको हो । १० बजे पछि कर्फ्यु पुन: जारी भएपछि महानगरभित्रका पसल तथा सवारीसाधन पूर्णरुपमा बन्द छन् ।

मंगलबार कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरमा लगाइएको कर्फ्युलाई पालना गराउन प्रहरीले मुख्य बजार तथा गल्लीहरुमा समेत पेट्रोलिङ तथा गस्ती गरिरहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।