१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

वस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार

वस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार
अ अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम  विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो ।  बिहीबार एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ । जसमा एनआरएनबाट कुल आचार्य, द्विराष्ट्रियबाट अनोज रिमाल र नेपाली उद्योगी व्यवसायीकोतर्फबाट हरिबहादूर कार्कीलाई उपसभापतिमा चयन गरिएको महासंघले जानकारी दिएको छ । 

यसैगरी उक्त फोरमको सदस्यहरुमा डा. मनिष थापा, उमेश रायमाझी, ल्विसेस गाडेन ढकाल, ऋषीप्रसाद ढकाल र खगेन्द्रराज ढकाल चयन भएका छन् । यस्तै आमन्त्रित सदस्यहरुमा पुष्पदास श्रेष्ठ, महेशमान श्रेष्ठ, शुभाशिष थपलिया, चन्द्रप्रसाद ढकाल, प्रकाश घिमिरे, प्रकाश तिवारी, अरनिको सिंह र आशिष ढकाललाई चयन गरिएको छ । त्यसैगरी फोरमले एनआरएनएको ६ ओटा क्षेत्रलाई समेट्नेगरी  विशेष आमन्त्रित सदस्य नियुक्त गरेको छ । जसमा मध्यपूर्वबाट आरके शर्मा, अफ्रिकाबाट हिक्मत थापा, अष्ट्रेलियाबाट दिपककुमार खड्का, यूरोपबाट पूर्णबहादूर खड्का, कोरियाबाट सुवाश पौडेल र जापानबाट किरण बिक्रम थापा विशेष आमन्त्रित सदस्य चयन भएका छन् । 

समिति विस्तार गर्दै ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा शशिकान्त अग्रवाल, कुमार पन्त, ज्ञानेन्द्रलाल प्रधान, शम्भुप्रसाद दाहाल, अजयकुमार मुडवरी, राजेन्द्र राउत, बिजय बहादुर मल्ल र अखिलकुमार चापागाई रहेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम महासंघकै एक महत्वपूर्ण अंग भएकाले अबका दिनमा यसले विश्वभरका चेम्बरसँग सहकार्यगर्दै सम्बन्ध विस्तार गर्नुपर्ने बताए । साथै नेपालले आफुलाई उच्च आर्थिक वृद्धिमा लैजानका लागि निर्यातलाई बढावा दिनु पर्ने भएकाले त्यसतर्फ फोरमको ध्यानकेन्द्रित हुनुपर्ने बताए । 
यसैगरी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक वृद्धिका लागि गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउनका लागि सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने बताए । ‘अहिले देशमा एनआरएन तथा वैदेशिक लगानी ल्याउन के कस्ता समस्याहरु छन् यस विषयमा पहिचान गरी सहज रुपमा ल्याउने वातावरण बनाउन सरकारसँग लविङ गर्नु जरुरी छ,’ कार्यक्रममा उनले भने, ‘फोरमले अबका दिनमा वैदेशिक लगानी भित्र्याउन वातावरण बनाएर देशलाई उच्च आर्थिक वृद्धितर्फ लैजान पहल गर्नुपर्छ ।’

समिति विस्तारसँगै समितिका सभापति अजित वस्नेतले देशमा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार, गैर आवासीय नेपाली र महासंघबीच त्रिपक्षीय रुपमा सहकार्य गर्दै अन्तराष्ट्रिय सम्मेलन गरिने बताए । ‘सरकारले प्रत्येकबर्ष बजेट बक्तव्य जारी गर्दा वैदेशिक लगानी भित्र्याउन प्रवद्र्धन गर्ने उल्लेख गर्दै आएको छ भने उद्योगी व्यवसायीहरु लागि परेका छन् तर सोही अनुरुप भित्रन सकेको छैन,’ उनले भने, ‘नेपालका केकस्ता क्षेत्रमा विदेशी लगानीकर्ता आउन चाहेका छन् र अहिले के कारणले वैदेशिक लगानी भित्र्याउन सकिएको छैन उक्त सम्मेलनमार्फत निक्र्यौल गरी बढीभन्दा बढी विदेशी लगानी ल्याउन पहल गरिने छ ।’ साथै देशको आर्थिक विकासको लागि वैदेशिक तथा गैर आवासीय नेपालीहरुको लगानी आवश्यक रहेको भन्दै त्यस्ता लगानी भित्र्याउन समेत आवश्यक पहल गरिने बताए । 
अहिले नेपालमा धेरै देशका अवैतानिक वाणिज्य दूतहरु रहेपनि उनीहरुबीच समन्वय गरी ती देशबाट नेपालमा लगानी भित्र्याउन समेत विशेष पहल गरिने उनको तर्क थियो । साथै उनले आफ्नो कार्यकालमा सम्बन्धित देशका चेम्बरहरुसँग व्यवसाय विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी ति देशबाट लगानी तथा आधुनिक प्रविधि भित्र्याउन पहल गरिने जानकारी दिए । यसै बीच यसै

 यसैबीच द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमले गर्ने ९ बुँदे काम तथा कार्यपत्र पनि सार्बजनिक गरेको छ  ।

१) यस फोरमले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीको लगानी ल्याई उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने छ ।

२) नेपाल र विदेशी मुलुकसँगको व्यापार व्यवसाय विस्तारको संभावना अध्ययन गरी व्यवसाय प्रवद्र्धन गर्न पहल गर्ने । जसका लागि नेपाल र विदेशी राष्ट्र बीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले स्थापना भएका द्विराष्ट्रिय उद्योग वाणिज्य संघसँगको समन्वयमा नेपालमा लगानी भित्र्याउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने ।

३)नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत हरेर बर्ष गैर आवासीय नेपालीको लगानी भित्र्याउँदै देशमा रोजगारी सिर्जना तथा त्यस्ता पूँजी लगानीको सम्भाव्यता पहिचान गर्ने उद्घोष गरेको छ । यद्यपि अहिलेसम्म उक्त कार्य हुने सकेको छैन । अगामी दिनमा यस फोरमले त्यस्ता लगानी आकर्षित गर्न नेपालमै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र गैर आवासीय नेपाली संघबीच समन्व्य गरी त्रिपक्षीय लगानी सम्मेलनको आयोजना गर्ने छ ।

४) नेपालमा लगानीको वातावरण बनाई लगानीको सम्भावना वारे द्विराष्ट्रिय संघ मार्फत सम्बन्धित देशका व्यवसायीलाई जानकारी गराई विदेश लगानी आकर्षित गर्ने ।

५) हामीले नेपालमा वैदेशिक तथा गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउँने भनिरहँदा नेपालभित्रै लगानीको वातावरण बनाउन सकिरहेका छैनौं । तसर्थ यस संघले नेपाल सरकारसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धन र वैदेशिक लगानीमा देखिएका समस्याको पहिचान गरी नीतिगत सुधारका विषयमा पहल गर्नेछ । 

६) अहिले नेपालमा धेरै देशका अवैतानिक वाणिज्य दूतहरु रहनु भएको छ । तर उहाँहरुबीच समन्वय गरी ति देशबाट नेपालमा कसरी लगानी भित्र्याउने भन्ने विषयमा गहन अध्ययन र छलफल हुन सकिरहेको छैन । तसर्थ यस फोरमले सबै अवैतानिव बाणिज्य दूतहरुसँग समन्वय र गोष्ठीको आयोजना  गरी नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्ने छ । 

७)सम्बन्धित देशका चेम्बमहरुसँग व्यवसाय विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी ति देशबाट लगानी तथा आधुनिक प्रविधि भित्र्याउन पहल गर्ने । 

८)द्धिराष्ट्रिय एवं गैर आवासीय नेपाल समन्वयसँग सम्बन्धी नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै व्यवसायीक समस्या समाधानका लागि नीतिगत पहल गर्दै द्धिराष्ट्रिय एवं गैर आवासीय नेपालीहरुबाट बढी भन्दा बढी लगानी भित्र्याउन छलफल तथा गोष्ठीको आयोजना गर्ने ।

९) नेपालमा वैदेशिक लगानी भित्र्याउन यस अघि नेपाल सरकार र सम्बन्धित विदेशी राष्ट्रबीच भएका विभिन्न सन्धी तथा सम्झौतालाई अध्ययन गरी समयसापेक्ष बनाउनका लागि पुनरावलोकन तथा परिमार्जन गर्न पहल गर्ने ।