२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछि हटे देउवा, चुनावमा गठबन्धन नगर्ने गगनको प्रस्तावमा सहमति !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने संकल्पसहितको प्रस्ताव महासमिति बैठकमा पेश गर्ने भएको छ ।

महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा कांग्रेसले एक्लै चुनाव लड्ने उल्लेख थियो । तर त्यसमा सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि महासमिति बैठक नै उद्घाटन गरेपछि रोकिएको थियो ।

त्यसपछि सभापति देउवाको निवासमा बसेका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा राति अबेरसम्म भएको छलफलपछि थापाको प्रस्तावमा देउवा सहमत भएका हुन् । अब आज यो प्रस्ताव महासमिति बैठकमा पेश हुने छ ।

आज विहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।