२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र आर्सनलको पक्कड



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् । म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।

त्यस्तै आर्सनलले बेनफिकालाई ३–२ ले हरायो । टोली समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएपछि उसको चुनौती समाप्त भएको हो ।

स्लाभिया समग्रमा २–० ले अगाडि रह्यो । बिहीबारका खेलबाट रेन्जर्स, आयाक्स, ग्रेनेडा, भिल्लारियल, योङ ब्वाइज र डायनामो किभ पनि अन्तिम १६ पुगेका छन् ।