२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । ब्राउन सुगर केसमा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको हो । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । योसँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले सो मुद्धामा ढिलाई भएको प्रहरीले जनाएको छ ।