१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

जापानको तोचिगी प्रिफेक्चरको जंगलमा लागेको आगो ५ दिन सम्म पनि नियन्त्रणमा आएन

जापानको तोचिगी प्रिफेक्चरको जंगलमा लागेको आगो ५ दिन सम्म पनि नियन्त्रणमा आएन
अ अ+ अ-

जापान । जापानको कान्तोउ क्षेत्र अन्तरगत तोचिगी प्रिफेक्चरमा रहेको एक जङ्गलमा लागेको आगो ५ दिन सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । राजधानी टोकियो नजिकै पर्ने तोचिगी प्रिफेक्चरको आशिखागा शहरको नजिक रहेको जङ्गलमा २१ तारिख देखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको हो । जंगलमा लागेको आगो निभाउन हेलिकप्टरहरुको प्रयोग गरिएको भएपनि आगो नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

आगलागिका कारण जोखिममा रहेका करिब ३०५ घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नु पर्ने अबस्थाको शृजना भएको छ । आशिखागा शहरका ३ स्थानमा आश्रयस्थलहरु निर्माण गरि जोखिममा रहेका परिवारलाई स्थान्तरण गर्ने कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् ।

यो समाचार तयार पार्दा जंगलको १०० हेक्टर भागमा आगो फैलिसकेको छ । आगलागीबाट हाल सम्म मानबिय क्षती भने भएको छैन ।