२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई गगनको प्रश्न: गम्भीर आर्थिक स्थितिमा सरकारको योजना के छ ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलन बारे प्रश्न उठाएका छन् ।

आइतबार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि गम्भीर ध्यानाकर्षण गराए ।

यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको बताउदै उनले भने, ‘आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन । खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन । यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ ?बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ ? यदि छ भने के छ ? र छैन भने किन छैन ?’

‘मुलुकको आर्थिक स्थिति गम्भीर छ । वित्तीय स्थिति शिथिल छ । विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन । र पनि सरकार भनिरहेको रेमिट्यान्स बढ्यो । खास रेमिट्यान्स बढ्नुमा के कारण छ ? जुन सरकारले बारम्बार भनिरहेको छ ।’,उनले थपे ।

अर्थतन्त्रको सुधारका खातिर सरकारले खास काम गर्न नसकेको भन्दै उनले अर्थ मन्त्रालय र अर्थमन्त्रीले के गरिरहेको छ सोबारे प्रधानमन्त्रीले चासो दिनुपर्ने बताए । उनले भने, ‘कि त अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्य क्षेत्रभित्र पर्दैन भन्नुपर्‍यो, होइन भने के भइरहेको छ, मन्त्रालयले अर्थतन्त्र सुधारमा के कस्तो गतिविधि काम गरिरहेको छ, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो । के अर्थतन्त्रको जिम्मेवार अर्थमन्त्री नै हो भनेर प्रधानमन्त्रीज्यूले फ्री छाड्नु भएको हो ?’।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफमा मुलुकको अर्थतन्त्र सुधारका लागि राजस्व र खर्च वृद्धिका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।