३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको बैठक आज, वृहत् राष्ट्रवादी मोर्चा निर्माणबारे छलफल हुने



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रबादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नुहुनेछ।

यसअघि बसेको पार्टी केन्द्रिय समिती बैठकले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटो असफल भएकोले ब्यबस्था र प्रणाली परिबर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो ।