२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा सहायक हवल्दारले गरे पत्निको हत्या, पेस्तोल दिने हवल्दार निलम्बित



अ+ अ-

काठमाडौँ । दाङमा पत्निको हत्या गरेका प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित भएका छन् ।

यमबहादुरले बिहिबार साँझ घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी पत्नि प्रहरी जवान धनमाया थापालाई  गोली प्रहार गरि हत्या गरेका थिए ।  धनमायालाई उनले ३ राउण्ड गोली प्रहार गरेका थिए ।

धनमायाले अदालतमा सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । उनले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको पाईएको छ ।

यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले जिन्सी शाखाका हवल्दार विमल थापासग पेस्तोल लगेका थिए । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि हवल्दार थापालाई निलम्बन गरिएको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।

 




भर्खरै