१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

भुकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्कि भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

भुकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्कि भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन
अ अ+ अ-

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यामिक बिद्यालय को पक्कि भवन निर्माण भएको छ । २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि टहरामा संचालन हुदै आएको थियो । बिद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एव ग्रामीण विकास समाज नेपालको समन्वयमा बिद्यालयको १२ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको छ । बिद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको बिद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताउनुभयो । जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रबर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफुले काम गरिरहेको उहाले बताउनुभयो ।

२०७२ सालको महाभुकम्पपछी बिद्यालय टहरामा पठनपाठन भैरहेको थियो । अहिले भुकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको बिद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।
४ करोड २२ लाखको लागतमा बिद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतकोे उपस्थिति थियो ।