२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश भ्रष्टहरुको लागि स्वर्ग भयो, व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन हुदैन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आबश्यकता औल्याएका छन् ।

आज पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए । अहिलेको मुलुकको समस्या समाधान ब्यक्ती परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले प्रणाली र ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टहरुले उन्मुक्ती पाउने ब्यबस्था लामो समय नटिक्ने भन्दै थापाले ब्यबस्था परिबर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए । ब्यबस्था परिबर्तनको पक्षधरहरु बीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

सनातन हिन्दुराष्ट्र , राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको बाताबरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।