१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’
अ अ+ अ-

काठमाडौँ ।  वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।

उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका लागि प्राविधिकले प्रयास गरिरहेका छन्, १५ वर्षदेखिको डाटा र डकुमेन्ट भएकाले मेमोरी भरिएको हो ।”

वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारका ‘अफलाइन’मा निवेदन लिएको भए पनि भुक्तानी सफ्टवेयरबाट हुने भएकाले दिन नसकिएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँका अनुसार सफटवेयरले काम नगरे पनि उद्धारसहितका आकस्मिकलगायत काम अफलाइनमार्फत पत्र पठाएर सञ्चालन भइरहेको छ ।

बोर्ड सचिवालयको सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आएको र सफ्टवेयर सञ्चालन हुन अझै केही दिन लाग्ने बोर्डले जनाएको छ । रासस