२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको जिल्लान्तर सरूवा हुने



अ+ अ-

काठमाडौं । सरकारले शिक्षकलाई जिल्लान्तर सरुवा खुल्ला गरिएको छ । गत पुस २० गतेदेखि रेक्का रहेको सरुवालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । 

केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ।

हेर्नुस् परिपत्र :