१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

हिंसामुक्त समाज निर्माण गर्न विद्यालय शिक्षा प्रभावकारी हुनुपर्छः राष्ट्रपति भण्डारी

हिंसामुक्त समाज निर्माण गर्न विद्यालय शिक्षा प्रभावकारी हुनुपर्छः राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ । 
राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ ।” 
नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभाकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिले व्यक्त गर्नुभयो । 

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रुपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बालदुव्र्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामुहिक पहल जरुरी रहेकोमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उहाँले बताउनु भयो । कोभिड–१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति  सरकार संवेदनशील भएको बताउँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो । 

विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई  अनिवार्य बनाउनु पर्नेतर्फ सहभागी व्यक्तित्वहरूको सुझाव रहेको थियो । लैंगिक हिंसा र बालयौन दुव्र्यवहारलाई न्यूनीकरण गर्न राष्ट्रिय अभियानको आवश्यकता रहेको कुरामा पनि सबैले जोड दिनुभएको थियो । 
शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ सहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलको समेत उपस्थिति थियो । 
यसअघि पनि गत फागुन ६ गने बिहीबार महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो ।