२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘कार्साङ’को स्क्रिप्ट पूजा, सृजनाले डेब्यु गर्दै



अ+ अ-

काठमाडौँ । फिल्म ‘कार्साङ’मा आज सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ ।

यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो ।

फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु गर्ने भएकी छन् ।

यस्तै, फिल्ममा दिया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहने छ ।

यम शेर्पाको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

गोविन्द बोहोरा निर्माता रहेको फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ । फिल्मको प्रोडक्शन म्यानेजरमा दिलीप पन्त रहेका छन् ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।