१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक

नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक
अ अ+ अ-

काठमाडौँ । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गर्नुभएको हो ।

बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ ।

आजै मन्त्री साउदको सम्मानमा मन्त्री पिटर्सले दिवाभोजको आयोजना गर्नुभयो । त्यसअघि मन्त्री साउदले न्युजिल्याण्डको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर सत्रको अवलोकन गर्नुभएको थियो । संसद्मा नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिलाई सभामुख गेरी ब्राउन्लीले स्वीकार गर्नुभएको थियो । न्युजिल्याण्डस्थित नेपालका अवैतनिक दूत तथा वेलिङ्टनमा रहेका नेपालीको आयोजनामा भएको छलफलमा मन्त्री साउद तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

त्यसअवसरमा न्युजिल्याण्डमा रहेका नेपालीलाई राहदानी, कन्सुलर सेवालगायत सेवा प्रवाह गर्ने, न्युजिल्याण्डमा नेपालीले सिकेका सीप, ज्ञान र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नेसम्बन्धमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।

त्यसअघि नेपाल–न्युजिल्याण्ड परराष्ट्र मन्त्रालय परामर्श बैठक भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल र त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभागीय निर्देशक जोन्ना केम्केर्सले न्युजिल्याण्डको नेतृत्व गर्नुभएको थियो । बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार आदानप्रदान हुनका साथै दुई देशबीच आर्थिक–सांस्कृतिक साझेदारीका माध्यमबाट आपसी सहयोगलाई अझ सघन तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही फागुन ३ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस