२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मान्छेको मासु खाएर थकित’



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा मान्छेको मासु खाएर आफू थाकिसकेको बताउँदै एक नरभक्षीले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नरभक्षीको आरोपमा ४ जनालाई अदालतमा उभ्याइएको छ।

अदालतमा उभ्याइएका २२ , २९ र ३२ वर्षीय पुरुषमाथि हत्या र मानव अंग खाएको र अर्को ३१ वर्षीयमाथि मानव अंग भक्षण गरेको आरोप लगाइएको छ। तीमध्ये एकले दक्षिण अफ्रिकाको पूर्वीप्रान्तको क्वाजुलु नातालमा पर्ने इस्टकोर्ट नगरमा प्रहरीसमक्ष मान्छेको मासु खाएको बयान दिएका थिए। उनले ‘मान्छेको मासु खाएर थकित भइसकेको’ बताएका थिए।

प्रहरीले ती व्यक्तिको घरमा खानतलासी गर्दा मानव अवशेष फेला पारेका थिए। उक्त घटनाको छानबिनका क्रममा अन्य दुईजनालाई सोही शहरबाटै पक्राउ गरियो। एक संदिग्ध न्यान्गा भनेर चिनिने परम्परागत रोग उपचारक अर्थात धामी थिए।

प्रहरीले एक महिलाको अवशेष फेला पारेका थिए। ती महिलालाई संदिग्धहरूले बलात्कार, हत्या र त्यसपछि शरीरका अंगहरू काटेका थिए। जुन उनीहरूले खाएका थिए। उनीहरूमाथि शिकार भएकाहरूलाई बलात्कार गर्ने, हत्या गर्ने र त्यसपछि स-सानो टुक्रा पारेर अंगहरू खाने गरेको आरोप लगाइएको न्युज २४ लाई म्ब्हेलेले बताए।

ती अभियुक्तहरू ठूलै अपराध गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको र त्यस क्षेत्रमा आफन्त बेपत्ता भएकाहरूलाई सम्पर्क गर्नका लागि प्रहरीले आह्वानसमेत गरिसकेको बीबीसीले उल्लेख गरेको छ।