१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जनयुद्धमा सहभागी नेता/कार्यकर्ता एक हौँ: अध्यक्ष दाहाल (भिडियोसहित)

जनयुद्धमा सहभागी नेता/कार्यकर्ता एक हौँ: अध्यक्ष दाहाल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सच्चा कम्युनिष्टहरु एकतावद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने बताउनु भयो ।

उहाँले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर श्रृष्टि गर्न सकिने जिकिर गर्नुभयो । उहाँले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरुको प्रतिवाद गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष दाहालले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी यो २९ औं दिवस मनाउँदै गर्दा हामीले आज यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाउँदै छौँ । अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटे भन्छु म । तिनीहरु बाहिर गणतन्त्रका बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रकाबिरुद्ध दु:शाहसपूर्ण ढंगका गतिविधि गर्ने जमर्को गर्दैछन् । हामी ठिक त्यस्तो बेलामा जनयुद्धको यो २९ औं दिवस मनाउँदै छौँ । एक पटक फेरि हामी जाग्नुपर्ने, एक पटक एकतावद्ध हुनुपर्ने र दृढताकासाथ यसलाई अपमानित गर्न खोज्ने ती महिला, दलित, जसले जनयुद्धमा अभुतपूर्व इतिहास कायम गरे । रेकर्ड बनाए । र अहिले समावेशि र समानुपातिकताको एउटा चरणको पहिचान र अभ्यास गर्दैछन् । हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दु:शाहस गर्नेकाबिरुद्ध प्रतिवाद गर्नुछ । उनीहरुलाई त्यो छुट छैन ।’

‘सचेत रुपले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने तिनीहरुलाई कुनै अधिकार छैन । त्यो घोषणा हामीले गर्नुछ । हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हामीलाई पहिला पनि सखाप पार्न खोजेका थिए, भएनौँ । अहिले हामीलाई जसरी आरोपित गर्ने एउटा भाष्य बनाउन खोजिएको छ, क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद गर्नैपर्छ । आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अब ढिलो नगरी हामी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुन अपिल गर्दछु । ढिलो नगरौँ । जति ढिलो गर्‍यौँ त्यति ठूलो क्षति र यो राजनीति परिवर्तनको त्यति ठूलो घाटा हुनसक्छ । त्यसकारण आउनुस्, बसौँ । समीक्षा गरौँ । कहाँ कमी भए, खुला कम्युनिष्ट मनले आत्मालोचना गरौँ । हामीले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर श्रृष्टि गर्न सकिन्छ ।’

अध्यक्ष दाहालले समाजवादको नयाँ अभियान शुरु गर्ने जमर्को गरिरहेको बताउनु भयो । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समाजवादको भ्रुण रोप्ने अभियान रहेको बताउनु भयो ।