५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीमा धारिलो हतियार प्रहार गरी हजुरबुवा र नातिको हत्या



अ+ अ-

काठमाडौं । पश्चिम नवलपरासीमा हजुरबुवा र नाती मृत फेला परेका छन् । सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका हुन् ।

दुबैजनाको शब आज बिहान घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ फेला परेको हो । उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए ।

यक्षलाल छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । छोरा रोजगारीको सिलसिलामा भारत गएका र बुहारी एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल र नाति गौचरण मात्र बस्दै आएका थिए ।

घटनास्थलमा तालिमप्राप्त कुकुर खटाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।