१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु
अ अ+ अ-

भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिब तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउनेसम्बन्धी कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्रका मापदण्डमा परेकामध्येबाट छवटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन सुरु गरिएको उहाँको भनाइ छ । “गाउँपालिकाभित्रका फुसको छानो हटाउने अभियानको थालनी गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “हामीले यसअघि नै घरपरिवारको तथ्याङ्क सङ्कलन गरेका छौँ, पहिलो चरणमा लक्षित परिवारको छानो परिवर्तन गर्ने हाम्रो लक्ष्य छ, आजदेखि जस्तापाता वितरण थालेका हौँ ।”

गाउँपालिकाले यो आर्थिक वर्षमा रु एक करोडको बोलपत्र आह्वान गरेर फुसको छानो हटाउन सुरु गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षितरुपमा बास बस्नसक्ने वातावरण निर्माणका लागि गाउँपालिकाले प्राथमिकताका साथ फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

केन्द्रसरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटाइएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिलो चरणमा छ वटै वडाका ५०/५० घर गरेर तीन सय परिवारलाई जस्तापाताको छानो वितरण हुने अध्यक्ष राईको भनाइ छ ।

“नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भन्नुभयो, “गरिबीका कारण कतिपय परिवार वर्षौंबाट चुहिने घरमा बस्दै आएको अवस्था पनि छ, ती नागरिकलाई स्थानीय सरकारले अभिभावकत्व प्रदान गर्न अभियान सुरु गरेर फुसको छानो हटाउन थालेको हौँ ।”

गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा यहाँ छ सय ९९ घरपरिवारको आवेदन परेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । आएका आवेदनमध्येबाट पहिलो चरणमा लक्षित परिवारको छानो फेर्नका लागि जस्तापाता दिइएको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै परिवारको फुसको छानो हटाउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताउनुभयो ।

“गाउँपालिकामा छ सय ९९ परिवारको आवदेन परेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “अहिले पहिलो चरणको काम सुरु गरेका छौँ, आगामी आर्थिक वर्षभित्र यहाँका सबै परिवारको फुसको छानो हटाउने योजनाका साथ काम अघि बढाएका छौँ ।” गाउँपालिकाले एकरुपतासँगै आगलागी तथा अन्य विपत्लाई ध्यानमा राखेर फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

वडा नं १ श्याशिलाका एक सय ३१, वडा नं २ तिवारी भञ्ज्याङमा ७१, वडा नं ३ च्याङ्ग्रेबाट एक सय छ, वडा नं ४ बास्तिमबाट एक सय चार, वडा नं ५ सोनादुम्माबाट एक सय ३२ र वडा नं ६ ठूलोदुम्माका एक सय ५५ परिवारले आवदेन दिएको गाउँपालिको जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न लक्षित परिवारलाई काम गर्ने तरिका, आवश्यक प्रक्रियाको जानकारी दिनका लागि प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम भइरहेको छ । छानो हटाउने पहिलो चरणको कार्यक्रम आगामी ४५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । रासस