५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियो कार्यक्रममार्फत चिनजान, लिभिङ टुगेदरपछि हत्या



अ+ अ-

काठमाडौँ । काठमाडौंको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारेमा जानकारी गराएको हो । माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका ७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताउनु भयो । उहाँले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा मृतक श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताउनु भयो । एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ ।

उहाँले भन्नुभयो, ‘माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा भएको घटना हो । जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ अहिले काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा निजको श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आउनुभएका प्रमिला दमाईको हो भनि पहिचान भएको छ । हामीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका ७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठ । दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट भेट भएको ।’

उहाँले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बउाएनु भयो ।