२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।

कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता शेयर रु तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो ।

यस्तै एनआरएन इन्फास्टकचर रु १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआइसी एशिया बैंक रु १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स रु ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स रु १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् ।