१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कानूनमन्त्रीको खुलासा: कसुर नदेखिएका सम्पती वैध बनाउन सरकारमाथि वाह्य दबाब आउँछ

कानूनमन्त्रीको खुलासा: कसुर नदेखिएका सम्पती वैध बनाउन सरकारमाथि वाह्य दबाब आउँछ
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पतीलाई वैधता दिन सरकारमाथि वाह्य दबाब आउने गरेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा ‘सम्पती शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले कुनै कसुर देखिएका सम्पतीलाई वैधता दिने गरी कानून निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको खुलासा गर्नुभएको हो ।

मन्त्री गुरुङले स्रोत नखुलेको कुनैपनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पती सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको पनि बताउनु भयो । भारतलगायतका मुलुकले पनि सो व्यवस्था गरेकाले अन्तराष्ट्रिय मापदण्डको आधारमा सरकारले सो कानूनी व्यवस्था गर्न लागेको पनि मन्त्री गुरुङले स्पष्टिकरण दिनु भयो । उहाँले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिको अधिकार हुने तर उसले ८० प्रतिशत रकम भने राज्यलाई कर बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘अन्तराष्ट्रिय मान्यता अनुसार नै कुनैपनि व्यक्तिको सम्पतीको स्रोत खुल्न पनि सकेन, कसुर पनि देखिएन । अर्थात अपराध गरेको पनि देखिएन भने अहिले त्यसलाई के गर्ने भन्ने सन्दर्भमा अन्यौलता नै छ । यस सन्दर्भमा कानून बनाउनु पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपाल सरकारमाथि, हामी माथि बारम्बार दबाब आइरहेको कुरा त तपाईंहरुलाई थाहा छँदैछ । त्यसकारणले गर्दाखेरी अहिलेसम्म हामीले यो सम्पतीको स्रोत पनि खुल्न सकेन, कस्तो सम्पतीको स्रोत खुल्दैन ? कस्तो सम्पत्ति हो त्यस्तो स्रोत नखुल्ने ? भन्ने पनि विषयहरु पनि यहाँ उठेका छन् । वास्तवमा हामीले कतिपय ठाउँमा कुनै किसानले आफ्नो काम गर्दै जाँदा उहाँले सुन्तला त बेच्नुहुन्छ । त्यसमा ठेकेदारले उहाँलाई त्यसको रिसिप दिएको हुँदैन । त्यस्तै चरणमा अहिले हाम्रो अवस्था रहेको छ । त्यस्तो १ खालमा दुहुनो गाई बेचविखन गर्‍यो, त्यो आम्दानीको खाता बाँधिएको हुँदैन । यस्ता थुप्रै कुराहरु हुन्छन् ।’

‘त्यस्ता कुराहरुलाई हामीले अवैध मान्य कि बैध ? भन्ने कुरामा धेरै चर्चाहरु चलिरहेको पनि विगतमा छ । र, यस सन्दर्भमा अन्तराष्ट्रिय क्षेत्रबाट पनि यस सन्दर्भमा के छ भनेर हेर्दै गर्दाखेरी छिमेकी राष्ट्र भारतमा पनि यसरी सम्पत्तिको स्रोत पनि खुलेन, अपराध पनि देखिएन भने त्यस्को सन्दर्भमा ६० देखि ८० प्रतिशतसम्म कर तिराएर त्यसको सम्पती वैध मान्य पनि चलन पनि हाम्रै नजिक छ । त्यसकारण कुनै मान्छेसँग एक करोड छ भने ८० लाख राज्यको हुने भइसकेपछि २० लाख मात्रै त्यो व्यक्तिसँग बाँकि रहन्छ । त्यसकारण यो ढंगले अन्तराष्ट्रिय प्रचलन अनुसार पनि माननीय सदस्यज्युहरुसँग निवेदन गर्न चाहन्छु–यो अन्तर्राष्ट्रिय मापदण्डकै आधारमा हामीले मिट गर्ने गरेर बनाएका छौं । नत्र भने त ग्रे जुनमा परिहाल्छ नि । अहिले पनि धेरै ताकेता भइराखेको छ । कानून छिटो बनाउ, छिटो बनाउ भनिराखेको छ । त्यसकारण यो कानून बनाउँदाखेरी हामीले त्यो स्टयाण्डर्ड मेण्टेन गर्ने गरेर नै प्रश्तुत गरेको कुरा पनि निवेदन गर्न चाहन्छु । यो कुनै गलत नियतका साथ उठाइएको छैन । ’

मन्त्री गुरुङले सरकारले अवैध सम्पती वैध बनाउने कुरामा कुनैपनि खालको बदनियत नराखेको जिकिर समेत गर्नुभयो ।