१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विश्वका मानिसको मन लोभ्याउने मनाङ-फोटो फिचर

विश्वका मानिसको मन लोभ्याउने मनाङ-फोटो फिचर
अ अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् ।

यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक ९सिङ्गर ताल० लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।

मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ । तर मनाङको यात्रा सहज पनि छैन । यहाँको यात्रालाई साहसिक यात्राका रुपमा लिने गरिन्छ । साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ । मनाङमा नजिकबाट हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु र मनमोहक छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ । दन्ते लहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मस्र्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन् ।

पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ । प्राकृतिक सौन्दर्यको भण्डार छ । हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दङ्ग पर्ने गर्दछन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन् । सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ ।

मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो । मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने वेषभूषा र भाषा बोल्ने गरिन्छ । यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन । तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन् ।

नामकरण र इतिहास

जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ । मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ । तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ ।

विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अङ्गका रूपमा रहेको थियो । पछि यस जिल्लालाई पश्चिम ३ नं गोश्वाराअन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो ।

विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो । त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो । बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ ।

मनाङबाट प्रतिनिधित्व गर्ने पञ्च नेता पनि लमजुङबाट मनोनीत हुन थाले । मनाङवासीलाई यो भूमि नेपाल हो । तपाईं नेपाली हुनुहुन्छ । त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनुपर्‍यो । लामो समयपछि तल्लो भेगका मनाङवासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो ।

सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन् । पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो । महेन्द्रको हुकुम प्रमाङ्गीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए । मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए ।

त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ । उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन् । तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको पाइन्छ । अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ । चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ । मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ ।

भौगोलिक अवस्थिति

मनाङको भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेटदेखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेट पूर्वी देशान्तरदेखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाइको हिसाबले यस जिल्ला समुन्द्री सतहबाट एक हजार छ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्मको उचाइमा रहेको छ । चार वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दाबढी ग्रामीण बस्ती रहेका छन् ।

यस जिल्लाको सिमानापूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । जिल्लाको भौगोलिक सुन्दरताको बयान गर्दा अति नै लोभ लाग्दा दृश्य, तरेली परेका अग्ला भिराला पहाड र उच्च हिमशृङ्खलाजस्ता विशेषता छन् । यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् ।

थुप्रै स्वदेशी तथा विदेशी पर्यटक, पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको बेजोड सङ्गम भएको मनाङ जिल्ला प्राकृतिकरुपमा धनी मानिन्छ । त्यसले गर्दा यहाँका प्राकृतिक सौन्दर्यले विश्वका मानिसलाई लोभ्याउने गरेको छ ।