९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

पाकिस्तानमा नयाँ सरकार गठनका लागि ‘रस्साकस्सी’

पाकिस्तानमा नयाँ सरकार गठनका लागि ‘रस्साकस्सी’
अ अ+ अ-

एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको नतिजा आएको छ । कुनै पनि दलले १३४ को आँकडा हासिल गर्न सकेको छैन ।

अहिले गठबन्धन सरकारका लागि पहल तीब्र भएको छ । नवाज शरीफको पार्टी पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले आइतबार राति पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का नेता आसिफ अली जर्दारी र उनका छोरा बिलावललाई भेटेका थिए ।

यसपछि पीपीपी भन्यो– सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ ।’

अर्कोतर्फ, इमरान खानको पार्टी पीटीआईको समर्थनमा विजयी भएका स्वतन्त्रहरूले पक्ष परिवर्तन गरेर नवाजको साथमा जान थालेका छन् ।

इमरानको पार्टी पीटीआईको समर्थनमा लाहोरको एनए–१२१ सिट जितेका वासिम कादिरले नवाज सरिफको पार्टी पीएमएल–एनमा प्रवेश गर्ने घोषणा गरेका छन् । कादिरले भने – म आफ्नो घर फर्किएको छु ।’ कादिरलाई पञ्जाब प्रान्तमा इमरानको पार्टी पीटीआईको ठूलो नेता मानिन्छ ।

पाकिस्तान पिपुल्स पार्टीका नेता फैसल करीम कुण्डीले आफ्ना नेता बिलावल भुट्टो जरदारी प्रधानमन्त्री नबनेमा विपक्षमा बस्नुपर्ने तर अरुको सरकारमा मन्त्री बन्न नहुने बताएका छन् । फैसलले भने – हामी प्रतिपक्षमा बसेर पनि जनताको सेवा गर्न सक्छौं तर कमजोर सरकारमा बस्नुको कुनै अर्थ छैन ।’

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । यहाँ फेब्रुअरी १५ मा फेरि मतदान हुँदैछ । बाँकी ७० सिट आरक्षित छन् ।