२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा नयाँ सरकार गठनका लागि ‘रस्साकस्सी’



अ+ अ-

एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको नतिजा आएको छ । कुनै पनि दलले १३४ को आँकडा हासिल गर्न सकेको छैन ।

अहिले गठबन्धन सरकारका लागि पहल तीब्र भएको छ । नवाज शरीफको पार्टी पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले आइतबार राति पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का नेता आसिफ अली जर्दारी र उनका छोरा बिलावललाई भेटेका थिए ।

यसपछि पीपीपी भन्यो– सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ ।’

अर्कोतर्फ, इमरान खानको पार्टी पीटीआईको समर्थनमा विजयी भएका स्वतन्त्रहरूले पक्ष परिवर्तन गरेर नवाजको साथमा जान थालेका छन् ।

इमरानको पार्टी पीटीआईको समर्थनमा लाहोरको एनए–१२१ सिट जितेका वासिम कादिरले नवाज सरिफको पार्टी पीएमएल–एनमा प्रवेश गर्ने घोषणा गरेका छन् । कादिरले भने – म आफ्नो घर फर्किएको छु ।’ कादिरलाई पञ्जाब प्रान्तमा इमरानको पार्टी पीटीआईको ठूलो नेता मानिन्छ ।

पाकिस्तान पिपुल्स पार्टीका नेता फैसल करीम कुण्डीले आफ्ना नेता बिलावल भुट्टो जरदारी प्रधानमन्त्री नबनेमा विपक्षमा बस्नुपर्ने तर अरुको सरकारमा मन्त्री बन्न नहुने बताएका छन् । फैसलले भने – हामी प्रतिपक्षमा बसेर पनि जनताको सेवा गर्न सक्छौं तर कमजोर सरकारमा बस्नुको कुनै अर्थ छैन ।’

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । यहाँ फेब्रुअरी १५ मा फेरि मतदान हुँदैछ । बाँकी ७० सिट आरक्षित छन् ।