१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधामन्त्री पुष्पकमल दाहालमाथि रामग्रामको आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गर्नुभएको हो । उहाँले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुटि जनाउनु भयो ।

उहाँले पर्यटन मन्त्रीको रुपमा गल्ति भए जिम्मेवारी र सजायको भागिदार हुन आफू तयार रहेको बताउनु भयो । उहाँले सांसदहरुले नै अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृत नदिएको बताउनु भयो । उहाँले बैठकले कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस मात्रै गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ । सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन । लुम्बीनी विकास कोषको बैठकमा स्पष्ट छ कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो । मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने सस्कृति नसिकाउने भन्नेकुरा हुँदैन । रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन । पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु । तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ ।’

उहाँले लुम्बिनी विकास कोषले रामग्राम लिजमा दिने विषयमा सम्झौता गरेको भए त्रुटिपूर्ण हुने बताउनु भयो । उहाँले सरकारको तर्फबाट स्वीकृति नदिएको पनि स्पष्ट पार्नुभयो ।