१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मुग्लिन–पोखरा सडक: पश्चिम खण्डमा काम अगाडि बढेपछि स्थानीयवासी खुसी

मुग्लिन–पोखरा सडक: पश्चिम खण्डमा काम अगाडि बढेपछि स्थानीयवासी खुसी
file photo
अ अ+ अ-

दमौली । मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डमा कामले गति लिएपछि स्थानीयवासी खुसी भएका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गर्नुभएको थियो । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका हुन् ।

उक्त खण्डमा कामले गति लिएपछि स्थानीयवासी आशावादी बनेका छन् । धुलो र हिलाम्य सडकले यात्रा गर्न कष्टकर भइरहेको अवस्थामा कालोपत्रको काम अगाडि बढेपछि सहज हुने आशा पलाएको स्थानीयवासी विमल प्रधानले बताउनुभयो । म्याग्दे गाउँपालिका–२ जामुनेका प्रधानले जामुने बजारमा सडक कालोपत्रको काम भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो खण्डमा काम निकै सुस्त थियो । जसकारण यात्रा गर्न निकै कष्ट बेहोर्नुपरेको छ । अहिले कालोपत्रको काम अगाडि बढ्दा केही राहत हुनेमा खुसी छाँै ।”

धुलो र हिलोलेले आजित भएका स्थानीयवासी कालोपत्र सुरु भएपछि हर्षित भएको म्याग्दे गाउँपालिका–३ धयरेका अनिल क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।” पश्चिम खण्डमा हालसम्म एक दशमलव पाँच किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दस दिनमा डेड किमि सडक कालोपत्र भएको छ । ”

पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका इञ्जिनीयर हेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र हलेदीमा कालोपत्र भएको छ । सोही ठाउँँमा थप कालोपत्रका लागि काम भइरहेकाले हाल एकतर्फी कालोपत्रका लागि काम अगाडि बढेको छ । काम रोकिदैन निरन्तर हुन्छ ।

मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड०ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र सुरु गरिएको थियो । पश्चिम खण्डका इञ्जिनीयर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ ।

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उहाँले जानकारी दिनुभयो । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ ।

यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । यता पूर्वी खण्डमा भने १९ दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिनुभयो ।

त्यसमध्ये ७।२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम समेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालिस दशमलव४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस