१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाका दोषीमाथि कडा कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाका दोषीमाथि कडा कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ ।

आईतवार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दु:खद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भयो । उहाँले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागिएको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सिधै भन्न सकिने कुरा कुरा के हो भने व्यवसायिक आचरण भएन । मुख्य कुरा त त्यही हो । व्यवसायिक आचरण भएन र , त्यो घटना घट्न पुग्यो । हामी एक्शनको प्रक्रियामा भइसकेपछि त्यो घटना घट्यो । अब त्यसमा हाम्रो प्रतिवेदनमा के छ भने जे भयो, दु:खद् भयो । त्यस्तो घटना दोहोरिन दिन हुँदैन । त्यसको निम्ति छानविन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं । एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो । प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन । त्यहाँ जब हाम्रो अध्यागमनको कर्मचारीले त्यो अराईबलको प्रक्रियाबाट अगाडि जान खोज्नुभयो । स्वभाविक रुपमा प्रहरीले चेकिङ गर्न खोज्यो । त्यो चेकिङ त गर्नैपर्छ ।’

‘त्यहाँ हरेक पटक जाँदाखेरी त्यो गर्नुपर्ने स्थिति भएको कारणले गर्दाखेरी वा अरु कुनै कारणले गर्दाखेरी जेहोस त्यहाँ हाम्रो अध्यागमनको अधिकृतले चेकजाँचको लागि सहज हुनुपर्ने त्यस्तो भएनन् । अस्वीकार गरिदियो । पहिलो समस्या त्यही हो । तर प्रहरी कर्मचारी त बर्दीमा छ । बर्दीमा रहेका प्रहरीको जोसँग मतभेद भयो । द्वन्द्व भयो, त्यहाँ अलिकति भनाभन पनि भयो । उनले मात्रै केही गरेको भए त स्वभाविक हुन्थ्यो । अर्को डेस्कमा बसिराखेको एउटा असई कुदेर आएर उसलाई कुट्न जान्छ । त्यस पछि अरु डेस्कमा बसेका २ जना प्रहरी पनि थपिन्छन् । र, लतार्दै लगेर कुट्छ । यस्ता घटनालाई हामी कुनै पनि हालतमा प्रोत्साहित गर्न सक्दैनौं । त्यो गल्ती नै हो । त्यसकारणले त्यो असई जो अर्को जिम्मेवारीमा थियो । दौडेर आएर उसलाई समात्यो । र, लिएर गएर कुटेर अरु दुई जना पनि थपिए । त्यहाँ कमजोरी भएकै छ । त्यसकारण असईलाई निलम्वन गर्ने र अरुलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौं । अव कर्मचारीको हकमा के छ ? कर्मचारीलाई हामीले दोषबिहिन भनेका छैनौं । ती कर्मचारीलाई चाँही हामीले त्यहाँबाट निस्काषन गर्ने र विभागीय कारबाही गर्ने पनि निर्णय गरेका छौं । र दुई वटा प्रहरी कर्मचारीलाई पनि विभागीय कारबाहीको प्रक्रियामा लैजान्छौं । हाम्रो निष्कर्ष त्यहाँ त्यस्तो छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातहातको अवस्था आएको पनि छानविन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।