१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विश्वप्रकाशको सरकारलाई प्रश्न: रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?

विश्वप्रकाशको सरकारलाई प्रश्न: रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवान गर्नसक्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देशबीच कुटनैतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताउनु भयो ।’

‘उहाँले नागरिकलाई सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । उहाँले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट । उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए । दुतावास पुग्नुअघि पक्राउ परे । उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो । करिव १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो । उहाँहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा उनीहरु पक्राउ परे । उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरुको अवस्था के छ ? नेपाल सरकारलाई जानकारी छ की छैन । उनीहरुलाई उद्धार गर्ने सम्भावना के छ ? रसियन सैनिकमा नेपालले अनुमति नदिकन, रसिया र युक्रेनबीचको वार आफ्नो ठाउँमा छ ।’

‘जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौँ । तर युद्धसँग असम्बन्धित देशका मानिसहरु नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरुको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ? सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, दुतावासको दुतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कुटनैतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? जम्मा यकिन संख्या कति छ ? सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ ।’

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताउनु भयो ।