९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

नेतन्याहूद्वारा रफाह आक्रमणअघि प्यालेस्टिनीहरूलाई ‘सुरक्षित मार्ग’ दिने प्रतिवद्धता

नेतन्याहूद्वारा रफाह आक्रमणअघि प्यालेस्टिनीहरूलाई ‘सुरक्षित मार्ग’ दिने प्रतिवद्धता
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ अ+ अ-

गाजा पट्टी । गाजाको दक्षिणी शहर रफाहमा इजरायली आक्रमणपूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विस्थापित प्यालेष्टिनी नागरिकहरूलाई ‘सुरक्षित मार्ग’ दिइने बताउनुभएको छ ।

नेतन्याहूले आइतबार प्रसारित एक अन्तर्वार्तामा हमासविरुद्ध इजरायलको सैन्य अभियानलाई रफाहसम्म विस्तार गर्ने बताउनुभएको छ ।

गाजापट्टीको २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढी जनसङ्ख्या भएको ठाउँमा नरसंहार हुन सक्ने अन्तर्राष्ट्रिय चेतावनीका बावजुद नेतन्याहूले एबीसी न्यूजसँग भन्नुभयो, “हामी हमासविरूद्धको अभियानलाई रफाहमा विस्तार गर्न गइरहेका छौं ।”

उहाँले भन्नुभयो, “हामी प्यालेष्टिनी नागरिकको लागि सुरक्षित मार्ग प्रदान गर्दै कारबाही अगाडि बढ्नेछौँ ताकि उनीहरू सुरक्षित अन्यत्र जान सकून् ।”

यद्यपि, इजिप्टसँगको सिमानामा थुनिएका र अस्थायी टेन्टमा आश्रय लिएका ठूलो सङ्ख्याका मानिसहरू कहाँ जान सक्छन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

नेतान्याहूले ‘विस्तृत योजनामा काम गरिरहेको’ बताउनुभएको थियो ।

सैनिकहरूले अझै प्रवेश नगरेको तर दैनिकजस्तो नै हवाई आक्रमण भइरहेको गाजाको रफाह क्षेत्रमा हमासविरूद्धको कारबाहीका लागि इजरायली सेना प्रवेश गर्न लागेको हो ।

प्यालेस्टिनी मोहम्मद सैदामले शनिबार इजरायली आक्रमणबाट प्रहरीको एउटा गाडी ध्वस्त भएपछि भन्नुभयो, “विस्थापित गाजाबासीहरूले रफाह सुरक्षित छ भनेका थिए तर त्यो सुरक्षित छैन । सबै ठाउँलाई निशाना बनाइएको छ ।”

रफाहबाट हमासको ‘बटालियन’ खाली नगरी हमासमाथि ‘विजय’ हासिल गर्न नसकिने दाबी गर्ने इजरायली प्रधानमन्त्रीले शुक्रबार आफ्नो सेनालाई कारबाहीको तयारी गर्न निर्देशन दिनुभएको थियो ।

उहाँको यो घोषणा विश्वका नेता र सहायता समूहहरूबाट चिन्ताको विषय बनेको छ ।

“गाजाका मानिसहरू हावामा हराउन सक्दैनन्”, जर्मन विदेशमन्त्री एनालेना बेयरबोकले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “रफाहमाथि इजरायली आक्रमण ‘मानवीय विपत्ति’ हुनेछ ।

साउदी अरबको विदेश मन्त्रालयले शनिबार रफाहमाथि आक्रमणको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिँदै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन आह्वान गरेको छ भने बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले सम्भावित आक्रमणप्रति आफू ‘गम्भीररूपमा चिन्तित’ बनेकोे बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “सहायता प्राप्त गर्न र बन्धक बनाइएकाहरूलाई बाहिर निकाल्नका लागि लडाईंमा तत्काल विराम लगाउनु प्राथमिकता हुनुपर्दछ ।”