१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै
अ अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन् । बेनोनीस्थित विलोमूर पार्कमा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसोको १:४५ बजेबाट सुरु हुनेछ ।

भारतीय टोली नवौं पटक यू-१९ विश्वकपको फाइनलमा पुगेको हो । भारतले कुल ५ पटक उपाधि जितेको छ । भारतीय टोली प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसअघि सन् २०२२ मा भएको यू–१९ विश्वकपमा भारतले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अस्ट्रेलियाले पहिलै संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो । त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो । अस्ट्रेलिया चौथो उपाधिको खोजीमा छ ।

एकदिवसीय विश्वकप २०२३ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको भारत अन्डर १९ विश्वकपको फाइनल जितेर बदला लिन चाहन्छ । सिनियर टोलीको एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गरेको थियो । यता, अस्ट्रेलिया पनि फाईनलमा भारतलाई हराउदै विश्वकपमा हाबि राख्न सोचमा हुनेछ ।

यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको दोस्रो फाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाईनल तय गरेको थियो ।

यू -१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हाबी भएको छ ।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११ औँ भएको छ । पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भएका छन् । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमशस् छैटौँदेखि १० औँ स्थानमा रहे ।

यस्तै, प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमशस् १२औँ देखि १६औँ भए ।