टोकियो । निवार्चन ऐन उल्लंघन गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका जापानका पूर्व कानूनमन्त्री खावाई खाचुयुकी बिरुद्द टोकियोको जिल्ला अदालतले ५ करोड यन जमानत माग गरेको छ ।
पूर्व मन्त्री खावाई खाचुयुकीका वकीलहरुको जमानत दिनुपर्ने मागलाइ अदालतले स्वीकार्दै ५ करोड यन जमानत भर्न आदेश दिएको हो । अभियोजनकर्ताहरु भने अदालतको निर्णयप्रति असन्तुष्ट रहेको समाचारमा उल्लेख छ ।
जमानत रकम बुझाएर खाचुयुकीका आजै रिहाइ हुनसक्ने बताइएको छ । उनि अघिल्लो चुनावका बेला मतदाताहरुलाई आकर्षित गर्न रकम बाडेको आरोपमा गत वर्षको जुन महिनामा पक्राउ परी अगष्ट महिनाबाट पुर्पक्षका थुनामा थिए ।
अदालतले उनका वकीलहरुले मागेको जमानत ५ औ पटकमा स्वीकार गरेको हो । श्रीमतीलाई चुनाव जिताउन करिब १०० जना मतदातालाई २ करोड ९ लाख बाडेको आरोप उनी माथि छ । उक्त आरोपलाई भने उनले अहिले सम्म स्वीकार गरेका छैनन् ।