१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सांसदहरुले यसरी लगाए कोरोना विरुद्धको खोप (भिडियोसहित)

सांसदहरुले यसरी लगाए कोरोना विरुद्धको खोप (भिडियोसहित)
अ अ+ अ-

काठमाडौ. । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको छ । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिनुभयो । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभुति के छ भने यो बहुत सहज छ ।

यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ । किनभने यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरुले कुनैपनि रौँ बराबरको पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताउनुभयो । खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड १९ माथि विजय प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।