२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको नि:शुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण



अ+ अ-

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

महानगरको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।

शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि नि:शुल्क प्रदान गरिएको थियो ।

जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ ।