१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

दयारानी हेरेपछि पदम गिरी: सेरोगेसीका बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक छ

दयारानी हेरेपछि पदम गिरी: सेरोगेसीका बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक छ
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृया (सेरोगेसी) का बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार नेपाली चलचित्र दयारानीको प्रिमियर शो हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सेरोगेसीबारे कानूनमा सम्बोधन गर्न नसकिरहेको अवस्था रहेको भन्दै बच्चा आफूसँग नहुँदा अभाव कसरी पूरा गर्ने भन्ने बारेमा कानूनले केही न केही सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले चलचित्र दयारानीले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फिल्मले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको छ । नेपाली समाजमा बच्चा नजन्माउँदा महिलाहरुले पीडा कस्तो हुन्छ ? कति पीडा भोग्छ । भन्नेकुराको गहिरो गरी अनुभुति हुनेगरी आएको छ । यस्ता घटना मेरो छिमेकमा धेरै नै छन् । श्रीमतीको मात्रै कमजोरी देख्ने, श्रीमानको कमी नदेख्ने कुरा यसमा छ । विश्वमा विभिन्न अभ्यास भएको छ । बच्चा नभए त्यस्तो सन्दर्भमा विभिन्न ढंगले पाल्न सकिन्छ, लिएर । सेरोगेसीको कुरा पनि छ । तर त्यो हामीले कानूनमा व्यवस्था गर्न सकेका छैनौँ । बच्चाको खालि हुँदा त्यसको अभाव कसरी पूरा गर्ने भन्ने आज पनि सोच्न सकिएको छैन, यसतर्फ कानूनले केही न केही सम्बोधन गर्नुपर्छ ।’

प्रिमियर शोपछि बोल्दै कलाकार कमलमणि नेपालले चलचित्रको कथा नेपाली समाजकै कथा रहेको बताउनु भयो । उहाँले एउटा समुदायको मात्रै कथा नभइ समग्र नेपाली समाजको कथा भएकाले सबैले हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कथा एकदमै राम्रो छ । नेपाली समाजको कथा हो यो । एउटा समुदायको मात्रै कथा होइन । फिल्म छोटो मिठो छ । सबै हेर्नुपर्ने फिल्म हो ।’

अभिनेत्री दिया पुनले चलचित्र हेर्नेहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो