२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ: नेता सिंह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काँग्रेस लाग्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताउनु भयो । उहाँले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा हामीले डेलिभर गरेर देखाउने कुरा हो । अब अहिले संविधान त जारी भयो, संविधान जारी भएको संविधानलाई तीन तहको राज्य शक्तिको बाँडफाँट, संविधानमा भएको अधिकारहरु हुन्, कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा ढिलासुस्ती भएको हुनाले हरेक गाउँगाउँ/वडावडामा सिंहदरबार पुर्‍याउँछु भनेर नारा दिएका थियौँ, त्यसलाई कार्यान्वयन गर्नको लागि अब काँग्रेस लाग्नुपर्छ । हामीले संघीयता लागू गर्न काम गर्नुपर्छ । आवश्यक संघीय कानून बनाउनका लागि यो संघीय संसदबाट काम गर्न जरुरी छ ।’

नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताउनु भयो ।