२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टुर द ठाकुरद्वारा’ आजदेखि सुरु



अ+ अ-

जानकी । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘टुर द ठाकुरद्वारा’ सुरु भएको छ । बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत ‘टुर द ठाकुरद्वारा’ सुरु भएको हो ।

आज नेपालगञ्जबाट सुरू भएको साइकल यात्रा भोलि बर्दियाको ठाकुरद्वारामा गएर सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दा बढी साइकलयात्री सहभागी भएका आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेको वागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय चार किलोमिटर लामो छ । वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने उहाँले जानकारी दिनुभयो ।

साइकलयात्राका लागि टिसर्ट सार्वजनिक गर्दै चीन र भारतबाटसमेत साइकलयात्रीको सहभागिता रहेको संयोजक निरौलाले बताउनुभयो । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि ‘टुर द ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ ।

उक्त साइकलयात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत जिल्लाबाट दुई सय पाँच जना साइकलयात्री सहभागी छन् । रासस