२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति



अ+ अ-

विराटनगर । कोशी प्रदेशको पुन: नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच पाँच बुँदे सहमति भएको छ ।

सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्तामा प्रदेशको पुन: नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत पाँच बुँदे सहमति भएको हो ।

वार्तामा पहिचानका आधारमा प्रदेश पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने, पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र अर्को वार्ता १० गते भित्र बस्ने सहमति भएको  छ ।