५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठक बस्दै, विधान मस्यौदाबारे छलफल हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी बैठक बस्दैछ ।

फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको तयारीबारे छलफल गर्न आज र भोलि बैठक बस्नेगरी बोलाइएको हो ।

यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले विधान मस्यौदा तयार पारेर पार्टीलाई बुझाएको थियो । उक्त मस्यौदामा पार्टीका तल्ला कमिटीहरूबाट प्राप्त सुझावबारे आज छलफल हुने बताईएको छ । पार्टीले माघ २४ भित्र लिखित सुझाव पठाउन सर्कुलर जारी गरेको थियो ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको तयारीका विषयमा पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।