१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला
अ अ+ अ-

पर्वत । दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।

भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणाधीन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीस्थित कालीगण्डकी किनारबाट धर्मपुरामा रहेको हिन्दूहरुको धार्मिकस्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पूजाआजा गरी बुधबार शिला लगिएको हो । केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारास्थित कालीगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार विहान पूजाआजा गरी दिउँसो ट्रकमा राखेर पठाइएको छ ।

क्रेनको सहयोगले नदीबाट निकालेर ट्रकमा राखेर पठाइएको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको थियो । स्थानीय समुदायको समेत सहभागितामा धुमधामका साथ शिलाको बिदाई गरिएको थियो । गढीमाई नगरपालिकाले यही माघ २१ गते शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउँदा धार्मिक पर्यटनको प्रवद्र्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार हुने अध्यक्ष आचार्यले बताउनुभयो ।

शिलाले रौतहट, गलेश्वर, मुक्तिनाथबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदीको शिला रौतहटस्थित निर्माणधीन गरिबनाथ मन्दिरमा लैजानुले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’

शिला लैजान आउनुभएका गढीमाई नगरपालिका ७ का स्थानीय सुरजभान कुसवाहाले भन्नुभयो, ‘‘अहिले गढीमाईको धर्मपुरमा शिव मन्दिर निर्माणधीन छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउन आवश्यक भएकाले शिला लैजान लागेका हौं । यहाँको शिलाबाट मुर्ति बनेपछि हाम्रो धार्मिकस्थलको महत्व बढ्ने विश्वास गरेका छौँ ।’

हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसावले महत्पूर्ण हुने धार्मिक व्यक्तिहरुको भनाइ छ । कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन राम्रो हुने विश्वास गरिएको छ ।

कालीगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गढीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिने भएको छ । यसअघि कालीगण्डकी नदिकै किनारवाट दुईवटा शिला भारतको हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । नेपालका प्रमुख हिमनदीमध्ये कालीगण्डकी पनि एक हो । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । रासस