७ आश्विन २०८१, सोमबार
,
Latest
काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छ: मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउनु भयो । उहाँले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताउनु भयो ।

उहाँले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुन: संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको बताउनु भयो । मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । साइबर सुरक्षाको कुरा । सूचना र प्रविधिको असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेका छौँ । कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुन: संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेका छौँ । सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्नेछ । विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग भइरहेको छ । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्नेछ । हाम्रोमा सूचना र प्रविधि अघिअघि हामी र हाम्रा कानून पछिपछि हाम्रो बिडम्वना भएको छ । संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मसात गरि नै रहन्छौँ ।’

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेको बताउनु भयो ।