५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छ: मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउनु भयो । उहाँले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताउनु भयो ।

उहाँले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुन: संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको बताउनु भयो । मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । साइबर सुरक्षाको कुरा । सूचना र प्रविधिको असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेका छौँ । कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुन: संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेका छौँ । सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्नेछ । विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग भइरहेको छ । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्नेछ । हाम्रोमा सूचना र प्रविधि अघिअघि हामी र हाम्रा कानून पछिपछि हाम्रो बिडम्वना भएको छ । संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मसात गरि नै रहन्छौँ ।’

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेको बताउनु भयो ।




भर्खरै