५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय संसदको तेस्रो अधिवेशनको शुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आईतवार सो कार्यक्रम हुने जानकारी गराउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताउनु भयो । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते अपरान्ह ३ बजेभित्र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउन पनि सांसदहरुलाई स्ुचित गरिएको छ ।

सभामुख घिमिरेले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० साल फाल्गुन ६ गतेको बैठकमा हुने गरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यस अघि नै समूह विभाजन भइसकेको र समूह ३ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० फागुन २ गते बुधबार दिनको ३ बजेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ । सोहीअनुसार आगामी फागुन ६ गते पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।