काठमाडौँ । ललितपुरस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन् । अर्याललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए ।
ललितपुर महानगरपालिका ३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा करेन्ट लागेर ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ गते पौडी खेल्ने क्रममा घाइते भएका उनी अहिलेसम्म पनि अर्धअचेत अवस्थामा छन् ।
शाक्यका परिवारले होटलको लापरबाहिको कारण उक्त घटना घटेको भन्दै न्याय माग गरिरहेका छन् । होटलका संचालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।










