५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उहाँले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
     
उहाँले भन्नुभयो, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।”
     
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गर्नुभयो ।

विदेशी पर्यटक आगमन सहज बनाइने

पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
     
उहाँले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताउनुभयो ।
     
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताउनुभयो । पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदन प्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवद्र्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिनुभयो । 

उहाँले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
     
नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रुपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ । पाटा नेपाल च्याप्टरले प्यासिफिक क्षेत्रका धेरै व्यक्तिलाई ल्याएर नेपालमा प्रवद्र्धन गरेको र विवादरहित संस्थाका रुपमा आफूलाई स्थापित गरेकामा सचिव कोइरालाले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
     
बिबिसी मास्टर सेफ सन्तोष शाहले नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन नेपाली रैधाने खानाको प्याकेजिङ ब्राण्डिङ गरी अन्तरराष्ट्रियकरण गर्नेतर्फ सबै क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘फुड टुरिज्म’ लाई प्राथमिकता दिइ त्यसलाई चाहिने कृषिउपार्जनका विषयमा विशेष प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव थियो ।
     
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले कोभिडपछिको पर्यटनका गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी प्रवद्र्धनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।
     
सो अवसरमा पाटाले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाइफ टाइम अचिभमेन्ट अर्वाड’ ‘पाटा पर्सनालिटी अफ दी इयर अवार्ड’ सेफ सन्तोष साहलाई प्रदान गरियो । यी दुवै पुरस्कार पर्यटनमन्त्री ढकालले वितरण गर्नुभयो ।
     
त्यस्तै जाडो याममा पाकिस्तानको माउन्ट केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही दलका सदस्यलाई पाटाकोतर्फबाट पर्यटन सचिव कोइरालाले कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा सुरसुधाको साङ्गीतिक समूहले विशेष साङगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।