१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

सिर्जनाको मूल्यको खोजी: टिकटमा मुक्तक

सिर्जनाको मूल्यको खोजी: टिकटमा मुक्तक
अ अ+ अ-

गण्डकी । माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको जन्मथलोसमेतले यो साहित्यिक पर्यटनको पनि विशष्टि गन्तव्य हो भनेर चिनाएको छ ।

पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले जन्माएको छ । नेपाली साहित्यका क्षेत्रमा स्थापित सरुभक्त, तीर्थ श्रेष्ठ हुँदै पछिल्लो पुस्ताका उदयमान कवि तथा कवयत्रीका कारण यहाँको साहित्यिक गरिमा र महत्व चुलिएको छ ।

साहित्य केवल इच्छुकले रचना गर्ने, पारखीबीच सुन्ने सुनाउने र ताली बजाउने मात्र नभई यसको पनि मूल्य हुन्छ भन्ने कुरालाई स्थापित गर्न पोखरेली साहित्यकाले सुरु गरेका टिकटमा मुक्तक अभियान होस् वा साहित्यको जगेर्नाका लागि यहाँबाट गरिएका प्रयासले राष्ट्रव्यापी चर्चा पाउँदै आएका छन् । सिर्जनाको मूल्य हुन्छ है भन्ने सन्देशलाई साहित्यका क्षेत्रमा स्थापित गराउन विसं २०३५ माघ २० गते पोखरामा पहिलो पटक टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भएको थियो ।

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा तत्कालीन समयमा दुई रुपैयाँको टिकटदेखि सुरु गरिएको उक्त कार्यक्रम साहित्यक क्षेत्रको गौरवमय इतिहास बनेको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुुभयो । मुक्तकको कुम्भमेलाका रुपमा लिइने यो अभियान तत्कालीन पञ्चायती शासनभर नियमित सञ्चालन भएको उहाँले बताउनुुभयो ।

पछिल्ला समयमा यसले नियमितता नपाए पनि विभिन्न सन्दर्भ विशेषमा उल्लेख गर्दै आइएको बताउँदै पौडेलले ४५ वर्षपछि विशेष समारोहकाबीच टिकटमा मुक्तक शनिबार पोखराको उद्योग वाणिज्य सङ्घको सभाहलमा भव्यताका साथ सम्पन्न भएको जानकारी दिनुभयो ।

“विसं २०३५ माघ २० गते टिकटमा मुक्तक कार्यक्रम भएकै दिन पारेर यस वर्ष पनि माघ २० मा नै पुन:एक नयाँ शृङ्खला जोड्न खोजेका हौँ”, उहाँले भन्नुभयो, “टिकटमा मुक्तक कार्यक्रमले सिर्जनाको पनि मूल्य हुन्छ भन्ने मान्यता स्थापित गर्दै स्रष्टाका रचना र वाचन टिकटमा सुन्नुपर्ने संस्कारलाई संस्थागत गरेको छ ।”

मुक्तक हेर्नका लागि एक सय, दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका टिकट राखिएकामा छ सय ५० वटा टिकट बिक्री भएको अध्यक्ष पौडेलले जानकारी दिनुुभयो । संस्थाले नेपाली साहित्यका क्षेत्रमा स्थापित एवं नवोदित गरी ३१ जना मुक्तककारका मुक्तकलाई समावेश गर्न खोजे पनि स्वास्थ्य एवं कार्यव्यस्तता कारण दुई जना उपस्थित हुन नसकेपछि २९ जनाले मुक्तक सुनाउनुभएको थियो ।

साहित्यकार सरुभक्त, बुँद राना, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेलगायत कास्की, तनहुँ, लमजुुङ, पर्वत, गुल्मी, काठमाडौँ र भैरहवाबाट सहभागी मुक्तककारले जनही तीन तीन वटा मुक्त, वाचन गरिरहँदा कतिपय मुक्तक सहगागी स्रोताको बढ्दो मागसँगै दुई/दुई पटक सुनाउनुपरेको थियो ।

साहित्यका सरुभक्तले ४५ वर्षअघि यही ठाउँमा भवन नभएका अवस्थामा टिकटमा मुक्तक कार्यक्रम गरेको अनुभव सुनाउँदै त्यसले मुक्तक सुन्न पोखरा जाऔँ भन्ने आहान बनेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्राकृतिकरुपमा मात्र नभई कला, संस्कृति र साहित्यका क्षेत्रमा अग्रणी रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा नेपाल मुक्तक प्रतिष्ठानकोतर्फबाट रु ५१ हजारसहित साहित्यकार सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित गरिएको थियो । रासस